गायिका आस्था राउतमाथि छानबिन सुरु, उपस्थित नभए पक्राउ गरिने


३ माघ २०७६, शुक्रबार १९:११ मा प्रकाशित

काठमाडौं । गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थालेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेजसहित लिखित निवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दिएकी हुन् । विमानस्थलमा गायिका राउतसँग भएको भनिएको घटनाबारेमा प्रहरी जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लिखित जानकारी गराएपछि अनुसन्धान अघि बढाइएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता किरण बज्राचार्यले गायिका राउतसँग जोडिएको यो घटनाबारेमा प्रहरी जवान श्रेष्ठसँग सोधपुछ पनि गरिएको बताइन् । सोधपुछका क्रममा श्रेष्ठले घटनाको भिडियो फुटेजसहित अन्य विवरण पनि प्रहरी कार्यलयमा पेश गरेकी बज्राचार्यले जानकारी दिइन् । उनले यस बिषयमा थप जानकारी लिन गायिका राउतलाई बोलाइने जानकारी दिइन् । यदि उनी नआए चाँडै पक्राउको प्रक्रिया सुरु गरिने बज्राचार्यले जानकारी दिइन् ।

गायिका आस्था राउत र प्रहरीबीच बुधबारबार त्रिभुवन विमानस्थलमा विवाद भएको बिषयमा समाज दुई तप्कामा बाँडिएको छ । तर राउत र प्रहरी जवानबीच भएको भनिएको विवादको सीसीटीभी फुटेज पनि बाहिरिएसँगै घटनाले नयाँ मोड लिएको छ ।

झापा हुँदै दार्जिलिङ जाने क्रममा बुधबार त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको आरोप गायिका राउतले लगाएकी छन् । उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई जथाभावी गालीसमेत गरेकी थिइन् । आस्थाले तल्लोस्तरमा झरेर सिंगो संगठनलाई नै गाली गरेपछि उक्त विषयमा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here