‘सूर्योदय क्वीज सिजन ४’आज देखि टेलिभिजनमा प्रसारण हुने भएको छ ।प्रदेश १ कै ठुलो हाजीरी जवाफ प्रतियोगिताकोरुपमा रहेको ‘सूर्योदय क्वीज’हप्ताको प्रत्येक शुक्रबार र शनिबार बेलुकी ७:३० बजे सूर्योदय टेलिभिजनमा प्रसारण हुने भएको हो ।
सूर्योदय टेलिभिजनले आयोजना गरेको यस प्रतियोगिताको पहिलो चरणको छायाङ्कन गत पौष १५ गतेदेखि शुरु गरीएको थियो ।यस सिजनमा प्रदेश १का झापा,इलाम,मोरङ्ग,सुनसरी,धनकुटा लगायतका विभिन्न जिल्लाबाट एक सय वटा कलेजले सहभागिता जनाएको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिनु भयो ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ सहित कान्तिपुर सिटि कलेज काठमाडौंबाट ४लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गर्ने जनाईएको छ ।‘सूर्योदय क्वीज सिजन ४’लाई ब्रोडलिङ्क नेटवर्कले प्रायोजन गरेको हो ।प्रतियोगिताको फिनाले आगामी बैशाखमा हुने छ ।






