सूर्योदय टेलिभिजनकी समाचार वाचिका भट्टराई सम्मानीत


२ माघ २०७६, बिहीबार १८:५४ मा प्रकाशित

झापा । सूर्योदय टेलिभिजनकी समाचार वाचिका चन्दा भट्टराई वीरता लेडी जेसीज बिर्तामोडको तर्फबाट पत्रकारीता प्रोत्साहन पुरस्कार सन् २०१९ बाट सम्मानित भएकी छिन् ।

झापाको बिर्तामोडमा बिहिबार लेडि जेसिजको १५ औं पदस्थापन कार्यक्रममा सूर्योदय टेलीभिजनकी समाचारवाचिका भट्टराईलाई सञ्चार क्षेत्रमा रही सेवा पुर्याएको भन्दै संस्थाले सम्मान पत्र सहित नगदले सम्मान गरेको हो । यसैगरी लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजालले आफ्ना दिवंगत आफन्तको स्मृतिमा स्थापित यज्ञतीर्थ अवार्डबाट कलाकर्मी कविता नेपाल पोर्तेललाई पुरस्कृत गरिएको थियो । बर्षोत्कृष्ठ जेसी संगिता गिरी, शाखा सम्पादक हिमा पौडेल, विज्ञापनदाता सानो संसार प्रा.लि.लाई समेत सम्मान गरिएको थियो ।

यसैबिच लेडी जेसीजको १५ औं पदस्थापनबाट सन् २०२० को अध्यक्षमा सर्वसम्मत चयन भएकी सुष्मा भण्डारीलाई सन् २०१९ की अध्यक्ष सरु भुर्तेलका गलामा लगाइएको जेसीज चेन संस्थाका पूर्व अध्यक्षहरुले २०२० की अध्यक्ष भण्डारीको गलामा पहिर्याएर पदस्थापन गराएका थिए । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा प्रमुख अतिथि शंकर, नेपाल जेसिजका थिम डाइरेक्टर मनिष सूर्य मगर, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षका तर्फबाट राधा सुब्बा, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष नम्रता ढकालले नयाँ कार्यसमितिको घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन नैनकला भट्टराई र नवनिर्वाचित महासचिव संगिता गिरीले गरेकी थिइन् । उर्मिला खरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत संगिता गिरी र आस्थावाचन दिपा भट्टराईले गरेकी थिइन् । त्यसैगरी सन् २०२० वीरता लेडी जेसीजलाई हाँक्नका लागि अध्यक्ष शुष्मा भण्डारीले पदभार ग्रहणसंगै जिम्मेवारीसमेत तोक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here