कांग्रेस संसदीय दलको बैठक आज बस्दै


३ माघ २०७६, शुक्रबार ०८:३१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक संसदीय दलको कार्यलय सिंहदरवारमा दिउँसो १ बजे बस्नेसचेतक पुष्पा भुषालले जानकारी दिइन्।

सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद लाई यथाशिघ्र सञ्चालन गर्न प्रतिपक्षी दलको भूमिकाका बारेमा छलफल गर्न बैठक बस्न लागेको भुषालको भनाइ छ।

संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसदमा राख्न नसकेको भन्दै आजको बैठक यसै बिषयमा केन्द्रीत हुने उनले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here