बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउको अनुमति


२ माघ २०७६, बिहीबार १३:१४ मा प्रकाशित

काठमाडौं । बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय भक्तपुरले अनुमति पाएको छ ।

२० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध मुद्दा दायर गरेका छन् । न्यायका लागि गिरीले दुर्गाप्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली, बेइज्जती मुद्दा दायर गरेका थिए । २० करोड घुस मागेको झुटो आरोप लगाएर चरित्र हत्या गरेको भन्दै गिरी कानुनी उपचारको खोजीमा अदालत पुगेका थिए ।

गिरीले उनीविरुद्ध हालेको मुद्दाकै आधारमा अनुसन्धानका लागि प्रकाउ गर्न लागिएको भक्तपुर प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए । प्रसाईंले पुस २३ मा पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए । गिरीले पनि पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here