विप्लव समूहले बालुवाटारमा राखेको बम सेनाद्वारा निष्कृय


२ माघ २०७६, बिहीबार ११:०४ मा प्रकाशित

काठमाडौं । प्रतिबन्धित विप्लव समूहले बालुवाटारस्थित ललिता निवासमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

नेपाली सेनाको टोलीले गएराति ११ बजे बम निष्कृय पारेको हो । विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो । विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले नागार्जुन–१ नर्सरीचोकस्थित शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here