इरान विमान दुर्घटना अपडेट : १७६ जना यात्रुको मृत्यु


२३ पुष २०७६, बुधबार १२:५० मा प्रकाशित

इरान । इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ ।

युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको थियो । युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेस्कीले सबै यात्रू र चालकदलका सदस्यको मृतु भएको जनाएका हुन् । विमानमा १६७ यात्रु र नौ चालक दलका सदस्य गरि १७६ जना विमानमा रहेका सवार थिए ।

फारस राज्य समाचार एजेन्सीका अनुसार यूक्रेन इन्टररनेशनल एयरलाइन्सको विमान तेहरानमा इरानको इमाम खुमैनी विमानस्थलबाट उडान भर्नासाथ दुर्घटनामा परेको थियो । विमान प्राविधिक समस्याका कारण दुर्घटनामा परेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here