झापामा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु


२० पुष २०७६, आईतवार १२:१० मा प्रकाशित

झापा । झापाको दमकस्थित क्याम्पसमोडमा शनिबार राति भारतीय ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

यात्रु बोकेको अटो रिक्सालाई ठक्कर दिदाँ दुई जनाको घट्नास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ह ४९१९ नम्बरको अटो रिक्सालाई बिपरीत दिशाबाट आईरहेको बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ९ का अटो रिक्सा चालक हरिबहादुर भुजेल र सोहि वडामा बस्ने अटो रिक्सामा सवार सुरज शाह रहेका छन् । घाइते हुनेहरुमा उर्लाबारी नगरपालिका ३ का रोशन ढकाल, मुकुन्द दुलाल र ध्रुब कुईकेल रहेका छन् ।

घाईते मध्ये दुई जना उपचारपछि घर फर्किएका छन् भने एक जनाको सामान्य अवस्थामा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here