नेकपाको सचिवालय बैठक जारी


२० पुष २०७६, आईतवार ११:१२ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तथा सभामुखको उम्मेदवार चयनका विषयमा छलफल हुने सचिवालयले जनाएको छ । बैठकमा पुस २३ का लागि तय भएको केन्द्रीय समिति बैठकको मिति सार्ने तथा सभामुख चयनका विषयमा निर्णय लिने तयारी छ ।

त्यस्तै बैठकमा राष्ट्रियसभा निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने एजेन्डा तय भएको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here