सरकारका कमजोरीमा खबरदारी गर्नुपर्छः प्रवक्ता शर्मा


२० पुष २०७६, आईतवार ११:०५ मा प्रकाशित

चितवन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका कमजोरीको खबरदारी गर्नुपर्ने बताएका छन् ।

स्थिर सरकार बनेको भएपनि उसलाई जनताले घचघच्याउनु पर्ने उनको भनाइ थियो । नेता शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताए । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रममा उनले स्थिर सरकार भएकाले निराश नहुन सबैलाई आग्रह गरे ।

शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस् । सबै सरकारलाई सघाउनुपर्छ ।सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ ” शर्माले भने । प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञान मात्र नभई संस्कार पनि सिकाउन आग्रह गरे ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउाँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताइन् । विसं २०२७ मा स्थापना भएको सो विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here