अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए


१८ पुष २०७६, शुक्रबार १२:०६ मा प्रकाशित

बग्दाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सैनिकले हवाई हमला गरी इरानी शक्तिशाली कुर्द फोर्स प्रमुख जनरल कसेम सोलेमानीलाई मारिदिएको छ ।

इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी हवाई हमलामा सोलेमानी मारिएका हुन् । त्यस्तै हमलामा इरानी समर्थक कटइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन् । सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सोलेमानीको हातमा थियो।

सो दस्ताले देश बाहिर गोप्य गतिविधिहरू गर्ने बताइएको छ । जनरल सोलेमानीले सिरियामा बसार अल(असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेका थिए ।

इरानको लागि सोलेमानी महत्वपूर्ण व्यक्ति थिए र उनको क्विड दस्ता सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा रहेको छ । उनले सन् १९८० को दशकमा भएको इरान-इराक युद्धमा लडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here