म्यान्चेष्टर युनाईटेडविरुद्ध आर्सनल विजयी


१७ पुष २०७६, बिहीबार १०:४१ मा प्रकाशित

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडमाथि आर्सनलले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लण्डन क्लब आर्सनलले युनाईटेड क्लबलाई २–० गोल अन्तरले हराएको हो । आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरे । सईद कोलासिनाकको पासलाई सदुपयोग गर्दै आठौं मिनेटमा निकोलासले लण्डन क्लबलाई अग्रता दिलाएका थिए । चालू सिजनमा उनको यो पाँचौ गोल हो ।

४२ औं मिनेटमा पापस्तथोपोलोसले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाएका थिए । जितसंगै आसएनल २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनाईटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here