काठमाडौं । नेपाललगायत भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन र अष्ट्रेलियाबाट एकै साथ सूर्य ग्रहण देखिएको छ ।
सन् २०१९ को अन्तिम सूर्यग्रहण अहिले लागिरहेको छ । आज बिहान ८ बजेर ४२ मिनेटमा देखिने ग्रहण ११ बजेर ३१ मिनेटमा समापन हुनेछ । सन् २०१९ मा सूर्य ग्रहण तेस्रो पटक लागेको हो । यसअघि ६ जनवरीमा पहिलो र २ जुलाईमा दोस्रो सूर्यग्रहण लागेको थियो । ती दुवै खण्डग्रास सूर्यग्रहण थिए ।
अर्को सूर्यग्रहण २१ जुन २०२० मा लाग्ने जनाइएको छ । ग्रहण खुल्ला आँखा वा चस्मा लगाएर पनि हेर्न हुँदैन । ग्रहणको बेला सूर्यको प्रकाश सिधै आँखामा परेमा सधैँका लागि आँखाको ज्योति गुम्ने खतरा हुने छ ।





