पीपीएलः चितवनले दियो विराटनगरलाई १ सय ४७ रनको लक्ष्य


६ पुष २०७६, आईतवार ११:२४ मा प्रकाशित

काठमाडौं । पोखरा प्रिमियर लीगमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय ४७ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा जारी खेलमा टस हारेको चितवनले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ६० रनमा दोस्रो विकेट गुमाएको चितवनले ७० रनमा तेस्रो विकेट खेर फाल्यो । उसका लागि रोहन मुस्तफाले सात, कप्तान पारस खड्काले ३५ तथा अनिल शाहले मात्र तीन रन बनाए ।

त्यसपछि चितवनका लागि बाबर हायातले २५ रन बनाउँदा आउट भएपछि ९२ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि अरिफ शेख र सन्नी पटेलले पाँचौ विकेटका लागि अर्धशतकीय साझेदारी गरे । जसमा आरिफले अविजीत ३९ रन बनाए भने सन्नीले २७ रनको योगदान गरे । बलिङमा विराटनगरका पुनित मेहरा र मुहम्मद जेइद आलमले एक एक विकेट लिए । अहिले विराटनगरले जवाफि व्याटिङ गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here