हिटर ताप्दै हुनुहुन्छ ? ध्यान दिनुस् ज्यान जान सक्छ


३० मंसिर २०७६, सोमबार २०:२८ मा प्रकाशित

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ ।

चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्‍याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ । जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । नत्र यसले ज्यान नै लिन सक्छ ।

यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बन मोनोअक्साइड ग्याँस बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरू बताउँछन् ।

त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नु पर्ने चिकित्सकहरूले सुझाव दिन्छन् । लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ । धेरै समयसम्म हिटर लाप्ने गर्दा यसले हाम्रो शरीरलाई गर्मी पैदा गर्नुका साथै छाला सुक्खा गराइदिन्छ। यस्तै हिटरको हावाले छालाको क्वालिटिमा समेत असर गर्छ। यसले छाला फुट्ने चाउरीपन देखा पर्नेगर्छ ।

कोठामा बालिने हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ । तर लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकासले हाम्रो आखाँलाई असर पुर्‍याउछ, यसले आखाँको ज्योती कमजोर बनाउनुका साथै आँखा सुक्खासम्म बनाउँछ । त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन । सकेसम्म १० सेन्टिमिटर टाटा राखेर हिटर ताप्ने गर्नुपर्छ ।

यदि हिटर ताप्दै हुनुहुन्छ भने इलेक्ट्रिकल हिटरभन्दा ग्यास हिटर ताप्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । ग्यास हिटरले इलेक्ट्रिकल हिटरभन्दा कम अक्जिनलाई असर गर्छ। यस्तै ग्यास हिटरले कार्बनमोनोअक्साइड ग्यास पनि कम फाल्ने गर्छ। जसले गर्दा लामो समयसम्म पनि ग्यास हिटर ताप्ने गर्दा पनि स्वास्थ्यलाई खासै असर गर्दैन ।

हिटरलाई वेलावेलामा बन्द गर्ने गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सधैँ बन्द गर्न आवश्यक छ । राति सुत्नेवेला पूर्ण रूपमा हिटर बन्द गर्नुपर्छ । नजिकै बसेर हिटर ताप्नुहुँदैन । यसले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखापर्छन्।

बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर कहिल्यै राख्नुहुँदैन मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नुहुँदैन । पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ । छिट्टै आगोले टिप्ने वस्तु हिटरअगाडि राख्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here