विराटनगरमा दुई दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने


२९ मंसिर २०७६, आईतवार १७:४४ मा प्रकाशित

विराटनगर । मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न विराटनगरमा दुई दिने अन्तर्राष्ट्रीय मैथिली सम्मेलन हुने भएको छ ।

मैथिली एसोसिएशन नेपालको आयोजनामा पुष ६ र ७ गते विराटनरमा १७ औं अन्तर्राष्ट्रीय मैथिली सम्मेलन हुन लागेको हो । मैथिली युवा पुस्ताहरुलाई प्राचिन मैथिली संस्कृति तथा संस्कृति प्रति अभिरुचि बढाउनुको साथै भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्धेश्यसहित आयोजना हुने सो सम्मेलनमा मैथिली भाषा, संस्कृति, रहन सहन, पहिरन तथा खानपानको प्रदर्शन एवम् सो विषयमा विमर्श हुने जनाइएको छ ।

नेपाल र भारतका मैथिली भाषाका अगुवाहरुले संस्कृति तथा भाषाको उथ्थानको लागी मैथिल विद्धत तथा कवि, कलाकारहरुसँग छुटा–छुट्टै विचार विमर्श गरिने मैथिली एसोसिएशनका अध्यक्ष प्रविण नारायण चौधरीले बताए । आज पत्रकार सम्मेलनको आयोजना गरेर चौधरीले दुवै देशका मैथिली अभियन्ता संघ संस्थाका करिब २ सय ५० प्रनिधिहरुको सहभागीता हुने जानकारी दिए ।

पहिलो दिन झाँकी प्रदर्शन गर्नुको साथै मैथिली, भोजपुरी, थारु, राजवंशी, हिन्दी, मारवाडी र नेपाली भाषाका कविद्धारा बहुभाषिक कवि सम्मेलनसँगै मैथिली हास्य कविता, गीत –गजल र पारम्परिक नारदी कीर्तनको आयोजना हुने छ । त्यस्तै अर्को दिन ‘नेपालको संविधान आ छटपटाइत मातृभाषा विषयमा विमर्श हुने अध्यक्ष चौधरीले जानकारी दिए ।

सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा ख्याती कमाएका मैथिलीहरुलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सो सम्मेलनमा राष्ट्रिय पार्टीका अध्यक्ष तथा बरिष्ठ नेताहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here