सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो


२९ मंसिर २०७६, आईतवार १०:४१ मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

बा ४ ख ४४६८ नम्बरको बस लामोसाघु–जिरी सडकखण्डको पाँच किलोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये ८ जना महिला, ३ जना पुरुष, एक बालक र एक बालिका रहेका प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालले घटनाको पुष्टि गरे । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँबाट बस ५ सय मिटर तल खसेको छ ।

दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर भक्तपुर फर्किदै गरेको बस दुर्घटना भएको हो । बसमा करिब ३० जना जति सवार रहेका थिए । घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here