पाकिस्तानको अस्पतालमा वकिलले गरे तोडफोड, ३ बिरामीको मृत्यु


२६ मंसिर २०७६, बिहीबार १३:२२ मा प्रकाशित

पाकिस्तान । पाकिस्तानको लाहोरमा चिकित्सकसँग बदला लिनका लागि हजारौंको संख्यामा वकिलहरु अस्पतालमा प्रवेश गरि तोडफोड गरेका छन् ।

यो हमलामा केही बिरामीको मृत्यु भएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाबका स्वास्थ्य मन्त्री यास्मीन राशिले मृत्यु हुने बिरामीको संख्या तीन भएको बताएका छन् । यस मामलामा ४० वकिललाई गिरफ्तार गरिएको छ । मानवअधिकार मन्त्री शिरानी माजरीले ट्वीट गरेर यो जानकारी दिएका हुन् ।

बुधबार लाहौरको पंजाब इन्स्टीच्युट अफ कार्डियोलोजीमा ठूलो संख्यामा वकिलले हमला गरेका हुन् । वकिलका अनुसार आफूहरुले दुई हप्ताअघि एक वकिलमाथि डाक्टरले गरेको हमलाको बदला लिन यस्तो गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here