खानेपानी संस्था बिर्तामोडको निर्वाचन जारी, बेहुलाले गरे मतदान


२५ मंसिर २०७६, बुधबार १३:४२ मा प्रकाशित

झापा । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफई उपभोत्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज चुनाव भइरहेको छ ।

चुवानमा बिर्तामोड नगरपालिका वडा नं ६ बुट्टाबारीका बेहुला सागर अधिकारीले समेत मतदान गरेका छन् । पानी स्वास्थ्यको लागि अनिर्वाय कुरा भएकाले आफ्नो विवाहमा केही समय ढिलो हुनेभएता पनि मतदान गर्न जरुरी रहेको उनले बताए । बिहान ८ बजेबाट सुरु भएको चुनाव साँझ ४ बजेसम्म चल्ने निर्वाचन संयोजक टंक उप्रेतिले जानकारी दिए । उनका अनुसार चुनाव शान्तिपूर्ण र मर्यादित ढङ्गमा संञ्चालन भइरहेको छ ।

चुनावमा जम्मा मतदाता संख्या ३ हजार ७ सय १३ जना रहेको उप्रेतिले बताए । आज सम्पन्न हुने चुनावको मत गणना भोलि २६ गते हुने र भोलि नै मतपरिणाम सार्वजानिक गर्ने उनले बताए ।

आज भइरहेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफई उपभोत्ता संस्थाको चुनावमा संयुक्त प्रगतिशिल प्यालन तर्फबाट नेकपा बिर्तामोड नगरकमिटि अध्यक्ष ज्ञानुराम प्रसाई र लोकतान्त्रीक समुह तर्फबाट बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको निर्वतमान अध्यक्ष जलकुमार गुरुङ अध्यक्ष पदको लागि प्रतिस्पर्धामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here