बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ


२५ मंसिर २०७६, बुधबार १२:५९ मा प्रकाशित

काठमाडौं । बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले अनलाईन ठगी अनुसन्धान गर्ने क्रममा उनीहरु बैंक ह्याकिङमा संलग्न भएको देखिएको जनाए ।

थापाका अनुसार पक्राउ पर्ने तीनै जना नेपाली हुन् । तर उनीहरुको सम्पर्क बैंक प्रणाली ह्याकिङ गर्ने विदेशी समूहसँग देखिएको छ । महाशाखाले पक्राउ परेकाहरुबारे जानकारी दिन आज १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ । केही समयअघि राजधानीको दरबारमार्ग लगायतका स्थानमा एटीएम ह्याक गरी करोडौं रकम लुटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here