काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झडप भएको छ ।
फुटबलको टिकट लिन गएका समर्थक र प्रहरीबीच झडप भएको हो । प्रहरी र दर्शकबीच झडप भइरहँदा रिपोटिङमा पुगेका पत्रकारमाथि समेत प्रहरीले लाठि हानेको हो । साग अन्तरर्गत फाइनल खेलको टिकटका लागि दशरथ रंगशाला परिसर पुगेका दर्शकहरु ठेलमठेल गर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ । कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार समुन चापागाईमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।