काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा आज विभिन्न स्पर्धामा ३० स्वर्ण पदकका लागि खेल हुँदै छन् ।
ह्याण्डबलको उपधिका लागि नेपालले भारतसँग भिड्दै छ । पौडीमा सर्वाधिक आठ स्वर्णको लागि प्रतिस्पर्धा हुदैछन् । यस्तै कुस्तीमा ६ स्वर्णको प्रतिस्पर्धा हुदैछ । जनकपुरमा जारी छ । कुस्तीमा हिजो ५५ केजी तौल समूहमा नेपालकी संगीता धामीले स्वर्ण पदक जितेकी छन् । फेन्सीङमा २ र स्क्वासमा दुइ स्वर्णको लागि खेल हुदैछ भने लन टेनिसमा ४ स्वर्णको लागि प्रतिस्पर्धा हुदैछ ।
यस्तै बिच भलिबलमा पनि स्वर्णको लाग प्रतिस्पर्धा हुदैछ । अहिलेसम्म नेपाल पदक तालिकामा ४३ स्वर्णसहित दोस्रो स्थानमा छ । नेपालले ४३ स्वर्ण ३४ रजत र ६५ कास्य पदक जितेको छ । भारत पदक तालिकाको शीर्ष स्थानमा छ । उसले ११० स्वर्ण ६९ रजत र ३५ कास्य पदक जितेको छ । त्यस्तै ३० स्वर्णसहित श्रीलंका तेस्रो स्थानमा छ । उसले ३० स्वर्ण ५७ रजत र ८३ कास्य जितेको छ ।
पाकिस्तान २३ स्वर्ण ३० रजत र ३४ कास्य जित्दै चौथो स्थानमा छ । बंगलादेशले ७ स्वर्ण २२ रजत र ५५ कास्य पदक जितेको छ । त्यस्तै माल्दिभ्सले १ स्वर्ण पदक २ कास्य पदक जितेको छ । त्यस्तै भूटानले ६ कास्य पदक जितेको छ । त्यस्तै नेपाली फुटबल टिमले फाइनल प्रवेशको लागि समूह चरणको अन्तीम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।





