दिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परि ३५ जनाको मृत्यु


२२ मंसिर २०७६, आईतवार ११:४१ मा प्रकाशित

भारत । भारतको दिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परि ३५ जनाको मृत्यु भएको छ ।

घटनामा परी १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । समाचार संस्था एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार घटनामा ३५ जनाको मृत्यु भएको छ । घाइतेको लोक नायक अस्पतालमा उपचार गरिदैँ छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार खाद्य भण्डार रहेको एक घरमा आगलागी भएको थियो । आगो नियन्त्रणका लागि दमकलसहितका ३० भन्दा धेरै गाडीहरु खटिएका थिए । आगलागी विहान ५ बजे भएको थियो । उक्त भवनको तेस्रो तलामा एक बेकरी रहेको छ ।

बेकरीको माथिल्लो तलामा आगो लागेको थियो । जसका कारण पूरै भवन आगोको चपेटामा परेको थियो । दिल्ली फायर सर्र्भिका उपप्रमुख सुनील चौधरीले भने,‘आगो नियन्त्रणमा लिइएको छ, ३० भन्दा धेरै दमकल अन्य गाडी राहत र वचाउ कार्यमा खटिएका थिए ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here