टेनिसमा प्रेरणा एक्लैको नाममा तीन पदक


२१ मंसिर २०७६, शनिबार १६:४१ मा प्रकाशित

काठमाडौं । नेपाली टेनिस इतिहासमा प्रेरणा कोइरालाले एतिहासिक सफलता हात पारेकी छिन् ।

पहिलो पटक टेनिसमा महिला सिंगल्समा पदक जितेको कीर्तिमान बनाएकी प्रेरणाले एकै प्रतियोगितामा तीन पदक जित्ने कीर्तिमान पनि बनाइन् । टेनिसतर्फ प्रेरणाले महिला एकल, मिक्स डबल्स र महिला डबल्समा तीन वटा कांस्य जित्दै इतिहास रचेकी हुन् । सेमिफाइनलमा शनिबार भारतीय नम्बर एक खेलाडीसँग ६–० र ६–० ले पराजित भइन् । यसअघि क्वार्टरफाइनलमा उनले माल्दिभ्स खेलाडीलाई ७–५ र ६–३ को सेटमा पराजित गर्दै पदक पक्का गरेकी थिइन् ।

उनी र सलोनी तामाङको डबल्स जोडी भारतीय खेलाडीसँग सेमिफाइनलमा पराजित भयो । यद्धपि, यो इभेन्टमा पनि प्रेरणालाई कांस्‍य जित्‍न सफल भइन् । बंगलादेशी जोडीलाई ६–३ र ६–३ को सेटमा पराजित गर्दै कांस्य पदक पक्का उनीहरूले मंगलबार नै गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here