काठमाडौं । संघीय सरकारको सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब रुपैयाँमा झरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार पहिलो तीन महिनामा १० खर्ब चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँको सार्वजनिक ऋण रहेकोमा पछिल्लो महिना ९६ कोड घटेको हो । यस अवधिसम्म तिर्न बाकी आान्तरिक ऋण चार खर्ब ५३२ अर्ब र वैदेशिक ऋण ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । पहिलो चार महिनाको अवधिमा आन्तरिकण ऋणतर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५७ लाख रुपैयाँ बराबरको ब्याज भुक्तानी गरेको छ ।
बाह्यतर्फ दुई अर्ब ३३ करोडको सावामा र ५५ करोड ५३ लाख ब्याज भुक्तानी गरिएको छ । अहिलेसम्मको तीर्न बाँकी १० खर्ब ८४ अर्ब रुपैयाँको आधारमा एक नेपालीको टाउकोमा ३७ हजार ५८९ रुपैयाँ ऋण रहन्छ ।





