पुरुष फुटबलमा नेपाल र माल्दिभ्स भिड्दै


२१ मंसिर २०७६, शनिबार १४:३६ मा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे १ बजेदेखि शुरु भएको खेलमा दुई टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । माल्दिभ्सविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्दै फाइनलमा पुग्ने दाउमा छ । नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ ।

नेपालले यस अघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here