धनकुटामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु


१३ मंसिर २०७६, शुक्रबार १४:२७ मा प्रकाशित

धनकुटा । जिल्लाको धनकुटा नगरपालिका-१ हिलेमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

धनकुटाको सिधुवाबाट हिलेतर्फ काठका गोलिया बोकेर आउँदै गरेको को१ज ८७२१ नम्बरको ट्रयाक्टर धनकुटा नगरपालिका-१ हिलेको होराइजन होटलनजिक दुर्घटना हुँदा धनकुटा नगरपालिका-१ सिजाली गाउँ घर भएका ट्याक्टर चालक ४५ वर्षीया राजकुमार सिजाली मगर र सहचालक २८ वर्षीय दलबहादुर सिजाली मगरको घटनास्थथलमै मृत्यु भएको हिले प्रहरी चौकीका प्रमुख कुमार ढकालले जानकारी दिए ।

ओरालो बाटोमा ब्रेक नलाग्नु र तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल धनकुटा पठाइएको ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here