दैलेख । गुराँस गाउँपालिका–४ मुग्राहमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको मृत्यु र सातजना घाइते भएका छन् ।
सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए । घाइतेहरुको उद्धारका लागि रानीमत्ता प्रहरी चौकीको टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ जाँदै गरेको दैलेखका प्रहरी प्रमुख वलीले बताए । गाडी सडकवाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।





