प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया


१० मंसिर २०७६, मंगलवार १३:१३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया गरिएको छ ।

पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको शल्यक्रिया गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहानदेखि पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल ल्याइएको बताए । प्रधानमन्त्री ओलीको रमेश सिंह, दिव्य सिंहलगायतका चिकित्सक टोलीले शल्यक्रिया गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुन् । उनको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न गत आइतबार साँझ ग्रान्डी अस्पतालमा चौंथो पटक हेमोडायलसिस गरिएको थियो । गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here