नेपाल तामाङ विद्यार्थी घेदुङ झापाद्वारा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान


७ मंसिर २०७६, शनिबार १८:२५ मा प्रकाशित

झापा । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्य समिति झापाले उत्कृष्ट अंक ल्याएर एसइइ परिक्षा उर्तीण भएका जिल्लाका तामाङ विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

विद्यार्थी धेदुङले आफ्नो तेस्रो जिल्ला अधिवेशनको अवसर पारेर जिल्लामा नै उत्कृष्ट अंकका साथ उर्तीण हुने ४ जना तामाङ विद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा हिमालय मा.वि. दमकका प्रवेश तामाङ गोले र सुदिक्षा तामाङ थिङ, इस्ट होराइजन मेचीनगरका कौशल तामाङ पाख्रीन र सिद्धार्थ शिशु सदन भद्रपुरका सालु तामाङ ग्लानलाई नगद सहित सम्मान गरिएको थियो । उनिहरुले गएको एसइइ परिक्षमा क्रमश (३.६४) (३.६) (३.६५) र (३.५) अंक जिपिए प्राप्त गरेका थिए । त्यस्तै ३ अंक भन्दा माथी जिपिए प्राप्त गर्ने अन्य १४ जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा कृशला तामाङ, कल्याण ग्राङदान, सन्जोक तामाङ, राजु तामाङ वमजन, रिसभ घिसिङ, पुजा तामाङ थोकर, प्रतिमा तामाङ घिसिङ, रिना तामाङ गोले, दिप्सना तामाङ ब्लोन, दीपा तामाङ मोक्तान, निशान तामाङ ङेसुर, विनम तामाङ मोक्तान र पेमा तामाङ रहेका छन् । उनिहरुलाई कामर्यक्रमका प्रमुख अतिथी नेपाल तामाङ घेदुङ प्रदेश १ का अध्यक्ष मित्रशेन योञ्जन, विद्यार्थी घेदुङका केन्द्रिय सदस्य हैकम घिसिङ, रोशन लामा लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

विद्यार्थी घेदुङ झापाकी अध्यक्ष निमा गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट तामाङ विद्यार्थी सम्मान कार्यक्रमका लागि अक्षय कोष निर्माण गर्न स्व. मकर बहादुर गोलेको स्मृतिमा उनकी श्रीमति गङगा देवि गुरुङ तामाङले नगद एक लाख रुपौँया हस्तान्तरण गरेकी छिन् । अधिवेशनले प्रकृती घिसिङको अध्यक्षतामा १७ सदस्य नयाँ कर्यासमिति समेत चयान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here