‘विश्व व्यापी कभर डान्स’ प्रतियोगिताको रिजल्ट सार्वजनिक


६ मंसिर २०७६, शुक्रबार २२:३१ मा प्रकाशित

अमेरिका । गायिका दिपा तामाङको आवाजमा रहेको गीत ‘म त छम्म छम्म’ को विश्व व्यापी कभर डान्स प्रतियोगिताको उपाधी Creative Bhutanse Circle Dance Group Americaले जितेको छ ।

प्रतियोगिताको विजेताले ६ सय अमेरीकी डलर अर्थात ६० हजार नेपाली रुपैयाँ प्राप्त गरेको छ । गत अगस्ट ३१ देखि अक्टुबर २२ तारिकसम्ममा आयोजकलाई पठाएको भिडियो र यसको जजमेन्ट तथा यूटुय्ब भ्युजको आधारमा विजेता छनोट गरीएको आरविएनके डान्स स्टुडियोका प्रमुख तथा कोरीयोग्राफर नरमान राईले जानकारी दिए ।युट्युबको भ्युज ४० प्रतिशत र जजको मुल्याङ्कन ६० प्रतिशतको आधारमा विजेता घोषणा गरीएको आयोजकले जनाएको छ ।प्रतिस्पर्दी भिडियोहरुको अक्टोबर २६ तारीक सम्मको भ्युज मापन गरीएको थियो ।

प्रतियोगिताको जजहरुमा चर्चित कोरीयोग्राफर तथा मोडल गम्भीर विष्ट,नेपाल–अमेरिका फिल्म आर्टीस्ट एसोसिएसनका प्रमुख नवराज श्रेष्ठ,आरबीएनके डान्स स्टुडीयोका फाउण्डर तथा नृत्य प्रशिक्षक प्रकाश तामाङ,भक्त खड्का,प्रशिक्षक चन्द कार्की र अमासी राई रहेका थिए ।

प्रतियोगितालाई रोनक ज्वेलरी एण्ड गिफ्ट हाउस अमेरिकाले प्रायोजन तथा हिमालयन ग्रोसेरी एण्ड ड्रागन एसियन मार्केटले सह–प्रायोजन गरेको थियो ।प्रतियोगितामा नेपाल,अमेरीका,क्यानडा सहित विभिन्न देशमा रहेका नेपाली कलाकारहरुले प्रतिस्पर्दा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here