इलाम । नेपाल भ्रमण वर्ष २०२० तथा सूर्योदय नगर पर्यटन महोत्सवको अवसर पारेर इलामको सूर्योदय नगरपालिका–६ स्थित कन्याममा होटल ग्रीन कार्पेट सञ्चालनमा आएको छ ।
युवा व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट तथा लज सञ्चालनमा ल्याएका हुन् । शुक्रवार प्रदेशसभा सदस्य काजिमान कागतेले होटलको उद्घाटन गरेका थिए । होटल उद्घाटन गर्दै कागतेले कन्याममा ५० लाखदेखि १२ करोडसम्म लगानीमा होटल सञ्चालन रहेको जानकारी दिएका छन् ।भारतको दार्जिलिङ, खर्साङ र झापालाई लक्षित गरी कन्याममा रात्री पर्यटन बनाउनु पर्नेमा उनले जोड दिए ।

होटलको रेष्टुरेन्टमा ५० जना र लजमा २० जनाको क्षमता रहेको होटलमा विभिन्न किसिमका लोकल तथा अग्र्यानिक परीकारहरु पाउने सञ्चालक गिरीले जानकारी दिए ।शान्त वातारणमा सञ्चालनमा आएको होटलदेखि माथिको लभडाँडाबाट सूर्योदय दृष्यलोकन साथै नेपालकाको सन्दकपुर,कन्चनजंघा हिमाल, जौवारी, मेग्मागुम्वा, नयाँबजार, पशुपतिनगर, सिद्धिथुम्का,आइतवारेलगायत भारतको खर्साङ, सुनदह, टाइगरहिल गुमपहाड, सिलीगुडी लगायतका स्थानको दृश्यलोकन गर्न सकिने जनाईएको छ ।
उद्घाटन कार्यक्रममा व्यवसायी पदमबहादुर पुरी (प्रकाश), समाजसेवी डम्वर कटुवाल, वेदप्रसाद गिरीलगायतको उपस्थिति रहेको थियो ।






