वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छः प्रचण्ड


३ मंसिर २०७६, मंगलवार १६:३५ मा प्रकाशित

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रशिक्षणका लागि देशव्यापी अभियान शुरु गरिने जनाएका छन् ।

प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर आफू पनि कार्यकर्ता माझ आउने प्रचण्डको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने पनि जिकिर गरे । उनले भने, ‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेको छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।’

अबको १० वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने उल्लेख गरेका प्रचण्डले भने, ‘अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था छैन्, अझै गर्नुपर्ने धेरै कुरा छन्, मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पुर्‍याउनुपर्ने हाम्रो दायित्व छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here