कर छलि गरेको अभियोगमा ६ जना सुर्ती व्यापारीविरुद्ध मुद्दा दर्ता


३ मंसिर २०७६, मंगलवार १५:२५ मा प्रकाशित

काठमाडौं । गलत कागजात बनाएर कर छलि गरेको अभियोगमा ६ जना सुर्ती व्यापारीविरुद्ध मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसहित ६ जनाविरुद्ध १० करोड १५ लाख ४० हजार १ सय ९९ रुपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । राजश्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनी प्रालिका सञ्चालक श्रेष्ठसहित सफिन एण्ड ब्रदर्श इन्टरप्राइजेजका प्रोप्राइटर सरोज केसी, आरएस स्टोरका प्रोप्राइटर मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगका प्रोप्राइटर सुष्मा गोयन्का, गोल्डेन टोवागो इन्डस्ट्रिजका सञ्चालक दिनेश बसुकला तथा ओम साई सुर्ती उद्योगकी प्रोप्राइटर जानुका कार्कीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

विभागका अनुसार उनीहरुले कर छलि गर्ने प्रयोजनका लागि अन्तशुक्ल स्टिकर नलगाइ सुर्ती बिक्री गरेको, चलानबाट सामान बिक्री गर्ने गरेको, भौतिक गणनामा मौज्दात फरक राख्ने गरेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here