लक्जेम्बर्गलाई हराउँदै पोर्चुगल युरोकप फुटबलका लागि छानियो


२ मंसिर २०७६, सोमबार ११:२८ मा प्रकाशित

काठमाडौं । लक्जेम्बर्गलाई हराउँदै पोर्चुगल युरोकप फुटबलका लागि छानिएको छ ।

गएराति लक्जेम्बर्गमा भएको समूह ‘बी’ को खेलमा पोर्चुगल २–० ले विजयी भयो । पोर्चुगलका लागि ब्रुनो फर्नान्डेज र क्रिश्चियानो रोनाल्डोले एक एक गोल गरे । गएरातिको गोलसँगै रोनाल्डोले देशका लागि गरेको गोल संख्या ९९ पुर्‍याएका छन् । यही समूहको अर्को खेलमा युक्रेनले सर्वियासँग २–२ गोलको बराबरी खेलेको छ । यस्तै गएराति नै भएका अन्य खेलहरुमा यसअघि नैं युरोकपमा छनौट भइसकेका देशहरु इंग्ल्याण्ड, फ्रान्स र टर्की पनि विजयी भए ।

समूह ‘ए’ को खेलमा इंग्ल्याण्डले कोसोभोलाई ४–० ले हराउँदा बुल्गेरियाले चेक रिपब्लीकमाथि १–० को जित निकाल्यो । यसैगरी समूह ‘एच’ को खेलमा फ्रान्सले अल्बानियालाई २–० ले हराउँदा टर्कीले एन्डोरालाई २–० ले तथा आइसल्याण्डले माल्दोभालाई २–१ ले पराजित गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here