निर्णय नमान्ने मेडिकल कलेज सञ्चलाकलाई कारवाही हुन्छः मन्त्री पोखरेल


२५ कार्तिक २०७६, सोमबार ११:५३ मा प्रकाशित

काठमाडौं । नेपाल सरकारको निर्णय नमान्ने मेडिकल कलेज सञ्चालकहरुलाई कारवाही गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताए । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताए । यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने पनि बताए । मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन् ।

यस्तै मन्त्री पोखरेलले अनसनरत डा गोबिन्द केसिलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गरे । डा. केसीको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको मन्त्री पोखरेलले बताए । अहिले देश सीमा विवादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दवाब नदिन डा। केसिलाई आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here