काठमाडौं । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको विरोधमा राष्ट्रवादी केन्द्र नेपालले माइतीघर मण्डलमा अगाडि प्रदर्शन गरेको छ ।
भारतले कालापानी लगायतका नेपाली भूभाग आफ्नो क्षेत्रमा समेटेर नक्सा सार्वजनिक गरेको थियो । सरकारले कालापानीबाट भारतीय सैनिक हटाएर मात्र वार्ताको प्रक्रिया अगाडि बढाउनुपर्ने परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले बताए ।
राष्ट्रिय मुद्दामामा सबै एकजुट हुनुपर्ने बताए । सरकारले यसमा दरो गरेर खुट्टा टेक्नुपर्ने उनको भनाइ छ । प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणहरू सहभागी छन् ।





