डडेल्धुरामा डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प


२४ कार्तिक २०७६, आईतवार १४:४९ मा प्रकाशित

डडेल्धुरा । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा रहेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनको भनाइ थियो ।

यस्तै उक्त सङ्घको नेतृत्वमा आज दिउसोदेखि अपरान्हसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ । डडेल्धुरा अस्पतालमा रहेका डा केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here