सिन्धुपाल्चोक । सुनकोशी नदीमा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
खोजीको क्रममा सुनकोशी किनारामा एक युवकको शव भेटिएपछि मृतकको संख्या १८ पुगेको हो । उदयपुर चौदण्डीगढी नगरपालिकाका २३ वर्षीय युवक विजय तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए । उनका अनुसार अझै ५ वर्षीय बालिका बेपत्ता भएकी छिन् । उनको खोजी कार्य जारी रहेको उनले बताए ।
दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ को बस आइतबार सुनकोशी नदीमा खसेको थियो । अत्यधिक भार र तीव्र गतिको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।