हङकङ प्रदर्शनमा सिन्ह्वा कार्यालय तोडफोड


१७ कार्तिक २०७६, आईतवार १५:५७ मा प्रकाशित

बेइजिङ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाको हङकङस्थित कार्यालयमा तोडफोड भएको छ ।

पाँच महिनादेखि जारी ‘प्रो डेमोक्रेसी’ प्रदर्शनको क्रममा तोडफोड भएको हो । सिन्ह्वाले भने यस्तो घटनामा विरोध जनाएको छ । सिन्ह्वाले उक्त घटनालाई ‘भिडको बर्बर कार्य’ भन्दै विज्ञप्ति मार्फत कडा रुपमा आपत्ति जनाएको छ । हङकङस्थित सिन्ह्वाको एसिया प्यासिफिक कार्यालयको सीमा फटाउनुका साथै तोडफोड भएको हो । हङकङका पत्रकारहरुले मिडियामाथि आक्रमण र प्रेसमाथिको हिंसा बन्द गर्नुपर्ने भन्दै विरोध जनाएका छन् ।

आफ्नै कानुनी व्यवस्था भएको हङकङलाई चीनले आफ्नै एक हिस्सा ठान्छ । जहाँ पाँच महिनादेखि नियमित प्रदर्शन भइरहेको छ । हिंसात्मक गतिविधि बढेपछि यहाँकी प्रमुख क्इारी लामले पटक पटक सम्बोधन गरिसकेकी छन् । आगामी मंगलबार मात्रै उनी यही विषयमा चिनियाँ नेताहरुसँग छलफल गर्न त्यसतर्फ जाँदैछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here