संखुवासभा । नेपाली सेनामा भर्ती गराई दिने भन्दै रकम असुल्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ का राजु भन्ने राज कुमार राई रहेको संखुवासभाका प्रहरी निरिक्षक सन्तोष कुमार राईले जानकारी दिए । राईले सैन्य पदका उम्मेद्धार सँग रकम असुलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्ररही कार्यालय संखुवासभाले जनाएको छ । राईले बराहदल गुल्म खाँदबारी ब्यारेक संखुवासभामा आवेदन फारम भरेका दर्ता नं. ७२६८ का सैन्य पदका उम्मेदवारसँग सेनामा भर्ती गराईदिने आश्वसन दिएर रकम अशुलेका प्रहरीले जनाएको छ । उनले सैन्य उम्मेद्धारको आमा सँग एक लाख २० रुपैयाँ मागेको बताइएको छ ।
सैन्य उम्मेदवार सँग ८० हजार रुपैयाँ दिने समझदारी भएपछि आमाले अग्रीम ५० हजार रकम बुझाएकी थिइन् । चिचिलाका राजकुमारले सेनामा जागिर लगाईदिने प्रलोभन देखाएर ठगि गरेको सूचना पाएपछि संखुवासभा प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक राईले बताए । प्रहरीले ५८ हजार रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रलोभन देखाई ठगी गर्न राईलाई जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिएर अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ । ठगी आरोप लागेका राई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत छन् ।





