दक्षिण एसियाली यु–१६ नेटबलमा नेपाल चौथो, श्रीलंकाले जित्यो उपाधि


५ कार्तिक २०७६, मंगलवार १५:२६ मा प्रकाशित

काठमाडौं । दक्षिण एसियाली महिला यु–१६ नेटबल च्याम्पियनसिपमा नेपाल चौथो भएको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्ससित पराजित भएपछि नेपाल चौथो स्थानमा समेटिएको हो । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा घरेलु टोली नेपालविरुद्ध माल्दिभ्स ३५–२५ ले विजयी भयो ।

श्रीलंकाले जित्यो उपाधि

दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि भने श्रीलंकाले जितेको छ । मंगलबारै भएको फाइनल खेलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले प्रतियोगिताको पहिलो संस्करणको उपाधि हात पारेको हो ।

नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रहरु नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र पाकिस्तान सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here