तास खेल्दै गरेको अवस्थामा साढे एकलाखसहित १० जुवाडे पक्राउ


३ कार्तिक २०७६, आईतवार १३:२० मा प्रकाशित

तनहुँ । तास खेल्दै गरेको अवस्थामा १० जुवाडे पक्राउ परेका छन् ।

भानु नगरपालिका–३ तुरतुरेबाट एक लाख ५३ हजार रुपैयाँसहित जुवाडे प्रहरीले पक्राउ गरेको हो । भानु–३ तुरतुरेका दिनेश विष्टको घरमा तास खेल्दै गरेको अवस्थामा प्रहरीले जुवाडे टोलीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भानु नगरपालिका–३ का ३४ वर्षीय दिनेश विष्ट, ५० वर्षीय राजन गुरुङ, ३६ वर्षीय प्रकाश सुनार, २९ वर्षीय श्रीराम आले, गोरखा पालुङटार नगरपालिका–५ का ५० वर्षीय कुमार भनिने चित्र बहादुर गुरुङ, सोही स्थानका ३३ वर्षीय प्रकाश परियार, पालुङटार नगरपालिका–६ का ३९ वर्षीय श्रीभद्र गुरुङ, ४१ वर्षीय मनिराज गुरुङ, ४८ वर्षीय सन्त बहादुर नेपाली र पालुङटार–४ का ५३ वर्षीय नविन्द्र सिंखडा रहेको प्रहरीले जनाएको छ ।

विष्टको घरमा जुवा खेल्ने कार्य भइरहेको जानकारी पाउनासाथ जुवाडेलाई खालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको प्रहरी टोलीले जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here