नेपाल भारत द्विपक्षीय व्यापारमा पारवहन ढुवानी लागत घटाउन माग


२ कार्तिक २०७६, शनिबार १२:१५ मा प्रकाशित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल–भारत द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने बताएका छन् ।

नयाँ दिल्लीस्थित पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले सिमावर्ती क्षेत्रका चेम्बरहरु बीच सहकार्य गराउनुपर्ने, व्यापार मेला–प्रर्दशनीमा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतिय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरे ।

दुई मुलुकबीच प्रावधिक सीप एंव दक्षताको आदान प्रदान हुनुपर्नेमा जोड दिदै यसबाट लगानी अभिवृद्धि भई “सुखि नेपाली समृद्ध नेपाल”को सपना साकार हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमका अवसरमा “नेपाल भ्रमण वर्ष २०२०” मा भारतबाट उल्लेख्य पर्यटक आउने अपेक्षा रहेको, कृषि क्षेत्र हर्बल, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आपसी सहयोग वृद्धि गर्ने क्षेत्रहरु रहेको बताए ।

नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको सो कार्यक्रमा राजदूत पुरीले दुबै देशबीच आर्थिक एंव व्यापारिक सम्बन्ध लगानी अभिवृद्धि एंव पर्यटन प्रबद्र्धनमा आवश्यक सहयोग गर्न आफू सदा तत्पर रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here