पेट्रोयिम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि चिनियाँ टोली दैलेखमा


२ कार्तिक २०७६, शनिबार १२:३० मा प्रकाशित

दैलेख । नाभिस्थान शिरिस्थान लागयतका क्षेत्रमा देखिएको पेट्रोयिम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली दैलेख पुगेको छ ।

चीन सरकारको चाइना जियोलोजिकल सर्भे र नेपालको खानी तथा भूगर्भ विभागबीच पेट्रोलियम पदार्थको अन्वेषण गर्ने दुई अर्ब ४० करोड रुपैयाँको सम्झौता भएबमोजिम पहिलो चरणको अन्वेषण सकेर फर्केको चीनकोे प्राविधिक टोली दोस्रो चरणको अन्वेषणका लागि दैलेख आइपुगेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललले बताए । खानी तथा भूगर्भ विभागका भूगर्भविद सुनिता भट्टराईका अनुसार भूगर्भ विभागको टिमसहित चार जना चिनियाँ प्राविधिक टोली दैलेख आएर काम सुरु गरिरहेको बताइन् ।

गत असार १६ मा नेपाल सरकारका उद्योग मन्त्री मातृका यादव र पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित चिनियाँ प्राविधिक टोली आएर स्थलगत अवलोकनसँगै १५ दिनसम्म पेट्रोयिम पदार्थको पहिलो चरणको अन्वेषण गरेर फर्केको थियो ।

सुरक्षाका प्रबन्ध मजबुद
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललले दैलेखमा पेट्रोयिम पदार्थ दोस्रो चरणको अन्वेषणका लागि आएको चिनियाँ प्राविधिक टोलीका लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक सबै सुरक्षा व्यवस्था मजबुत पारिएको बताए । गृह मन्त्रालयको परिपत्र अनुसार १ सय ९७ जना चिनियाँ प्राविधिक आउने र त्यसमा नेपालको खानी तथा भूगर्भ विभागको टिम गरेर केही संख्या थप हुने कट्टेललले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here