काठमाडाैँ । आज देशभरिकाे मौसममा बदली भएकाे छ । मौसम पूर्वानुमान महाशहाखाका अनुसार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक माैसम बदली भएको हाे ।
आज दिनभरि माैसम बदली नै भइरहने जनाइएकाे छ । अपराह्नपछि पहाडी भेगका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएकाे छ । मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही पूर्वी र मध्य पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको हाे ।
भाेलि कार्तिक ०३ गते पनि देशभर आंशिक देखि सामान्य बदली रही देशका पूर्वी र मध्य पहाडी भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । याे अवस्था पर्सिसम्मै रहनेछ ।





