उत्तर–पूर्वी सिरियामा टर्कीको ताण्डवः ३ लाख सर्वसाधारण विस्थापित


३० आश्विन २०७६, बिहीबार १६:४८ मा प्रकाशित

काठमाडौं । टर्कीले उत्तर–पूर्वी सिरियाको कुर्दिसको नियन्त्रणमा रहेका क्षेत्रमा गरेको आक्रमणका कारण ३ लाख बढी सर्वसाधारण विस्थापित भएको मानव अधिकारवादी संस्थाले बिहीबार जानकारी दिएको छ ।

मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म ३ लाख बढी सर्वसाधारण विस्थापित भइसकेका बताए । विस्थापित हुनेहरूको संख्या अझै बढ्न सक्ने पनि उनले बताए । विस्थापितहरुले कोही बगैँचामा सुतेका त कोही विद्यालय र आपतकालीन शरणस्थलमा पुगेको अब्देल रहमानले बताए ।

उत्तर, उत्तरपूर्वी सिरियाको कुर्दिस समर्थकले नियन्त्रण गरिरहेका क्षेत्रमा गत अक्टोबर ९ बाट टर्कीले हमला सुरु गरेको थियो । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको हो । उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकुको नियन्त्रणमा रहेको यस क्षेत्रबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here