सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ३ साँदी खोलानजिकै बिहीबार विहान बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मे. १ ख ३१८२ नम्बरको बस र काठमाडौंबाट खुर्कोटतर्फ आउँदै गरेको बा. ६८ प ८५४८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइक चालक उदयपुर जिल्लाको त्रियुगाा नगरपालिका ९ का २७ वर्षीय नबिन बिसुङखे रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बिसुङखेको उपचारका लागि काभ्रेका धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेका छन् ।





