साउदीमा बस लोडरसँग ठोक्किँदा ३५ जनाको मृत्यु


३० आश्विन २०७६, बिहीबार १३:४५ मा प्रकाशित

काठमाडौं । साउदी अरेबियामा बस लोडरसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ ।

साउदी प्रहरीका अनुसार बुधबार साँझ करिब सात बजे अल–अखल क्षेत्रमा बस लोडरसँग ठोक्किएको थियो । ३९ जना सवार बसमा ३५ जनाको ज्यान गएको मदिना प्रहरीले जनाएको छ। घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here