काठमाडौं । तनाव र विवादबीच जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को हायात होटलमा जारी नवौं सम्मेलनमा फेरि मतदान सुरु भएको छ ।
बुधबार साँझ मतदान सुरु भइसकेपछि विद्युतीय भोटिङ मेशिन बिग्रिएर स्थगित भएको मतदानप्रक्रिया बिहीबार बिहान १० बजेपछि सुरु भएको हो । विद्युतीय मतदान मेशिनले काम नगरेपछि मतपत्र बनाएर मतदान प्रक्रिया सुरु गरिएको निर्वाचन अधिकृत रिजालले जानकारी दिए ।
बुधबार साँझसम्म तनावपूर्ण रहेको सम्मेलनस्थलमा अहिले नाराबाजी रोकिएको छ । शान्त वातावरणमा मतदान भइरहेको छ भने प्रतिनिधि थकित देखिएका छन् ।





